फेसबुकबाट गाली गर्ने माथि साईबर अपराधको मुद्दा

मा प्रकाशित


बैतडी ।

बैतडी क्षेत्र नं. (ख) बाट निर्वाचित प्रदेश नं. ७ का प्रदेश सदस्य लीलाधर भट्टलाई सामाजिक संजाल फेसबुकमार्फत बिकृत पोष्टर बनाएर गाली बेईज्जती गर्ने बिरुद्ध साईबर अपराध अन्तरगत प्रहरीमा उजुरी परेपछि अनुसन्धान सुरु भएको छ ।

प्रदेश सभा सदस्य भट्टको तस्वीरलाई बिकृत पोष्टर बनाएर सामाजिक संजाल फेसबुकमार्फत गाली गर्ने बिरुद्ध अनेरास्वयु बैतडी र युवा संघ बैतडीले बिहीवार साईबर अपराध अन्तरगत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी दिएको हो ।

उजुरीपछि जिल्ला प्रशासन कार्यालय बैतडीले तथ्यप्रमाण बुझी साईबर अपराध अन्तरगत आवश्क अनुसन्धान गर्न प्रहरीलाई लेखि पठाएको छ । यो विषयमा आवश्यक बारबाही र अनुसन्धानका लागि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोलाई पत्र लेखेर बैतडी प्रहरीले पनि थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नेत्रमणी गिरीले बताउनुभयो ।

यही विषयमा जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना जारी गर्दै बैतडी जिल्ला क्षेत्र नंं ‘ख’ का प्रदेशसभासद लीलाधर भट्टले बैतडीको स्थानीय रेडियो निङ्गलासैनीको ‘चियो चर्चो’ कार्यक्रममा सहिद दशरथ चन्दका बारेका बोलेका शब्दका बारेमा सामाजिक संजाल ( फेसबुक) गलत व्याख्याभई व्यक्तिगत प्रतिष्ठामा आँच आउने किसिमको तस्वीर र स्टाटस पोष्ट भएकोप्रति जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सुचनामा यस प्रकारका गतिविधिको अनुसन्धान आवश्यक देखिएकोले जिल्ला प्रहरी कार्यालय बैतडी मार्फत आवश्यक कारबाही प्रक्रिया अघि बढाईएको जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा आउँदा दिनमा जो कसैले पनि यस्ता गतिविधि नगर्न र गरेको पाईएमा कानुन अनुसार कारबाही हुने जानकारी गराएको छ ।

यही साउन २४ गते प्रदेश सभासदस्य लीलाधर भट्टले स्थानीय रेडियो निङ्लासैनीको चियो चर्चा कार्यक्रममा सहिद दशरथ राष्ट्रकै सहिद भएकोले कसैले उहाँलाई आफ्नो कुल देवता जस्तो ( पिजास) बनाएर राखेको भन्दै त्यसो हुन नदिन दशरथ चन्दका नाममा प्रदेश सरकारले शिक्षा छावृत्ति लगायतका कार्यक्रम ल्याएको बताउनुभएको थियो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना:

उजुरी:

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: