प्रदेश ७ मा बजेट प्रगति ५४ प्रतिशत मात्र, ‘हेल्लाे सीएम’लार्इ नतिजामुखी बनाइने

मा प्रकाशित


धनगढी । प्रदेश ७ काे प्रदेशस्तरीय समीक्षा बैठक मङ्गलबार सम्पन्न भएकाे छ । बैठकमा विभिन्न मन्त्रालय र निकायद्वारा आर्थिक वर्ष २०७४/७५ मा गरिएको कार्य प्रगति, देखिएका समस्या समाधानका उपाय लगायतका विषयमा समीक्षा गरिएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेकाे बैठकले गत आवमा देखिएका संरचनागत तथा व्यवस्थापकीय चुनौतीबाट अनुभव लिई चालू आवको बजेट तथा कार्यक्रम कार्यान्वयन नीति तथा कानूनको निर्माणतर्फ प्रभावकारिता बढाउन कार्ययोजनासहित कार्यान्वयन गर्ने निर्णय गरेकाे हाे ।

‘हेलो सिएम’ गुनासो व्यवस्थापन कार्यक्रमलाई प्रदेशैभरि नतिजामुखी बनाउन चालू आवमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने निर्णयसमेत बैठकले गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले जनाएकाे छ ।

प्रदेश नं ७ को सरकारले गत अार्थिक वर्षमा कूल रु एक अर्ब दुई करोड पाँच लाख बजेट विनियोजन गरेकामा सो बजेटको पूँजीगत र चालू खर्चतर्फ समग्रमा ५४ दशमलव २५ प्रतिशत प्रगति भएको छ ।

समीक्षा बैठकमा प्रदेश सरकारले २१ वटा कानून जारी गरेको, १२ वटा कानून अग्रिम कार्यान्वयनको चरणमा रहेको र करीब दुई दर्जन नीति एवं कानून तत्काल तर्जुको प्रक्रियामा रहेको, प्रदेश नं ७ मातहत ११ मूल निकायसहित जम्मा ७९ वटा निकाय रहेकामा यसरी थपिन आएका नयाँ संगठन संरचनालाई व्यवस्थित बनाउनेबारे आवश्यक कार्य गरिन लागिएको जानकारी गराइएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!