प्रतिनिधिसभामा १० वटा विषयगत समिति, सभापति चयन भाद्र ५ गते हुने

मा प्रकाशित


काठमाडौ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुको चयन आगामी भाद्र ५ गते हुने भएको छ।

प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिका सभापतिहरुको निर्वाचन आगामी भाद्र ५ गते मंगलबार तोकिएको हो। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले भाद्र ५ गते मंगलबार बिहान ११ बजे समितिका सभापतिहरुको निर्वाचनको मिति तय गरिएको जानकारी दिए।

प्रतिनिधिसभामा जम्मा १० वटा विषयगत समिति रहेका छन्। ती समितिमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: