पूर्वसांसद कृष्णकुमार जोशीको निधन

मा प्रकाशित


बैतडी । नेपाली काँग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको निधन भएको छ ।

जोशीको मंगलबार काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको हो । जोशी २०३४ सालमा नेपाली काँग्रेस बैतडीको सभापति भएका थिए । विसं २०४४ मा काँग्रेसको केन्द्रीय सदस्य बनेका जोशी २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ । जोशीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: