पुर्चौडी नगरपालिकाले लगायो मदिरा र जुवातासमा रोक

मा प्रकाशित


बैतडी ।

जिल्लाको पुर्चौडी नगरपालिकामा मदिरा बेचबिखन र जुवातासमा रोक लगाइएको छ । नगरपालिकाको विशेष सभाले गरेको निर्णय भाद्र एक गते देखि कार्यन्वयनमा आएको छ ।

मदिरा, जुवातासले विकृति विसङ्गीत बढ्दै गएकाले मदिरा सेवन तथा विक्री वितरण, जुवातास खेल्न खेलाउनमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा अधिकांश झैझगडा र अपराधजन्य घटना मदिरा सेवन र जुवातासबाट हुने गरेकाले रोक लगाइएको बताइएको छ ।

नगरपालिकाको निर्णय बिरुद्ध कसैले मदिरा सेवन गरेको पाइएमा पाँच हजार, सार्वजनिक व्यक्तिले सेवन गरेको पाइएमा १० हजार, बिक्रि वितरण गरेको पाइएमा १० हजार, गाडीमा ढुवानी गरेको पाइएमा १० हजार, भरियाले ढुवानी गरेमा पाँच हजार जरिवाना गरिने नगरपालिकाका प्रवक्ता गौतम प्रसाद भट्टले जानकारी दिनुभयो ।

त्यस्तै जुवा खेलेमा दुई हजार, खेलाउनेलाई पाँच हजार, हेर्नेलाई पाँच सय जरिवाना गरिने समेत उहाले बताउनुभयो ।

नगरपालिकाले गरेको निर्णयका बारेमा जानकारी गराउनका लागि नगरपालिकाले सबै वडामा अन्तर्कृयात्मक कार्यक्रम समेत सम्पन्न गरेको प्रवक्ता भट्टले बताउनुभयो ।

पुर्चौडीलाई मदिरा, जुवातास निषेधित नगरपालिका घोषणा गरिएकाले नगरपालिकाले गरेको निर्णय कार्यन्वयन गराउनमा सहयोग गर्न नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: