पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान अाज सपथ लिँदै

मा प्रकाशित


काठमाडौँ ।
इमरान खान पाकिस्तानको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। पाकिस्तान तेहरिक-ए-इनसाफ (पीटिआई) का अध्यक्ष रहेका खान पाकिस्तानको २२औँ प्रधानमन्त्री बनेका हुन्।

राष्ट्रिय सभाका प्रवक्ता असद क्वाइसरले मत गणनापछि प्रधानमन्त्रीको नाम घोषणा गरेका हुन्। राष्ट्रिय सभामा भएको मतदानमा खानले १७६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी पाकिस्तान मुस्लिम लिग नवाजका शेहबाज शरिफले ९६ मत पाए।

उनका पार्टी पीटिआईले जुलाईमा भएको निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको थियो।

आफ्नै पार्टी स्थापना गरेको दुई दशकपछि साना पार्टीहरुको सहयोगमा सन् १९९२ को विश्वकप क्रिकेट विजेता इमरान खान प्रधानमन्त्री बनेका हुन्।

विश्वकप क्रिकेटमा पाकिस्तानलाई विजय बनाएर चर्चित बनेका इमरानले अाज (शनिबार) पाकिस्तानी प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गर्दै छन् ।

खानले अाफ्नाे मन्त्रिपरिषदलार्इ १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गत जुलाई २५ मा भएको निर्वाचनबाट पूर्व क्रिकेट खेलाडी खानको पार्टी तेहरिक–ए–इन्साफ (पिटीआइ)ले ११४ स्थानमा जित हासिल गरेर सबैभन्दा ठूलो पार्टी भएको हाे ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: