नेपाल-भारत सम्बन्ध धेरै पुरानो : भारतीय प्रधानमन्त्री मोदी

मा प्रकाशित


काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना छिमेकीहरुसँग धेरै वर्ष पहिलेदेखि गहिरो सम्बन्ध रहिआएको बताएका छन्।

उनले सम्बन्ध हजारौं वर्षदेखि ऐतिहासिक, घनिष्ट, मित्रवत् र पारिवारिक रहेको कुरा ‘टाइम्स अफ इन्डिया’ ले जनाएको छ । आइतबार प्रकाशित अन्तर्वार्तामा मोदीले नेपालसँगको सम्बन्ध थप बलियो बनाउँदै लगेको प्रतिक्रिया दिएका छन्।

‘नेपालसँग त भगवान् राम–सीता तथा गौतम वुद्धको पालादेखिको सम्बन्ध छ’, मोदीले अन्तर्वार्तामा भनेका छन्, ‘हामीले सुरक्षा, व्यापार, लगानी तथा विकासमा साझेदारी गर्दै त्यसलाई झनै बलियो बनाउँदै लगेका छौं। फलस्वरुप आज त्यो सम्बन्ध फराकिलो र गहिरो भएको छ। साथै, विश्वासिलो र परिपक्व पनि भएको छ।’

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!