नेपाल बन्दको देशभरि सामान्य प्रभाव, अधिकांश विद्यालय बन्द

मा प्रकाशित


काठमाडौं । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको देशभरी सामान्य प्रभाव परेको छ। तर विद्यालय भने अधिकांश बन्द भएका छन्।

काठमाडौँमा अधिकांश निजी विद्यालयहरु बन्द छन्। विद्यार्थीको सुरक्षाको कारण देखाउँदै उनीहरुले बन्द गरेका छन्। केही बिद्यालय भने खुलेका छन्।

बन्दकर्ताले मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी गरेको छन्। मंगलबार बिहान ६ बजे बसमा आगजनी भएको छ। काठमाडौं लैजादै गरेको बसमा आगजनी भएको हो।

उता बुटवलस्थित भारतीय पेन्सन क्याम्पको शौचालयम बिष्फोट भएको छ। नवलपरासीमा उनीहरुले २ वटा ट्रक जलाएका छन्।

नेता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेतालाई पक्राउ गरेको विरोधमा उनीहरुले बन्दको आह्वान गरेका हुन्। व्यवसायीलाई धम्काएर सात करोड असुलेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: