नेपाल आउने पर्यटकको संख्या ७३ प्रतिशतले बढ्यो

मा प्रकाशित


काठमाडौँ । नेपाल भित्रिने पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्षको जुलाई महिनामा ७३ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ।

सन् २०१८ को जुलाई महिनामा ७३ हजार २ सय ८५ पर्यटक नेपाल भित्रिएका छन्। गत वर्ष भने सोहि महिनामा ४२ हजार २ सय ४० पर्यटक भित्रिएका थिए।

देश विदेशमा तीव्र रुपमा प्रचार भएका कारण पनि पर्यटकको संस्या वृद्धि भएको हो । हिमालयल ट्रभलमार्टको आयोजनाले पर्यटकको संख्खा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

यो वर्ष सात महिनाको अवधिमा ५ लाख ९३ हजार २ सय ९९ जना जना पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो वर्ष सोही अवधिमा ५ लाख २ हजार ४ सय ५७ जान पर्यटक नेपाल भित्रिएका थिए। अघिल्लो वर्षको तुलनामा यो वर्ष नेपाल आउने पर्यटकको संख्यामा ९० हजार ८ सय ४२ ले वृद्धि भएको हो।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: