निर्मला र सन्नीका परिवारलाई प्रदेश सरकारले ५/५ लाख राहत दिने

मा प्रकाशित


कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाममा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तका र शहीद सन्नी खुनाका परिवारलाई ७ नं प्रदेशले ५/५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

सोमबार बसेको प्रदेशिक सरकारको मन्त्रिपरिषद्को बैठकले पीडित परिवारलाई राहत रुवरुप पाँच/पाँच लाख रुपैया दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रीको प्रस्तावमा बैठकले २०७५ श्रावण १० गते बलात्कार पछि हत्या गरिएकी पन्तको परिवारलाई ५ लाख र पन्त हत्या प्रकरणमा भएको आन्दोलनमा शहीद भएका भीमदत्त नगरपालिका वडा नं १८ वस्ने १४ वर्षीय सन्नी खुनाको परिवारलाई पनि प्रदेश सरकारले रु ५ लाख दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: