गर्भवती भाउजूसहित दाइ र भतिजीको हत्या भाइबाटै, अनुसन्धान जारी !

मा प्रकाशित


सप्तरी । राजविराज-१५ स्थित मुसहरनियाँमा डेढ महिनाअगाडि भएकाे हत्याकाे रहस्य खुलेकाे छ । सेफ्टीट्याङ्कीमा कुहिएकाे अवस्थामा भेटाएकाे बेचनीदेवी साहकाे हत्या उनकै देवरबाट भएकाे पाइएकाे हाे ।

यति मात्रै नभै बेपता भनिएका बेचनीदेवीका पति र छोरीसमेतको हत्या एउटै व्यक्तिबाट भएको खुलेको हाे । जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी याे कुरा सार्वजनिक गरिएकाे छ । सम्मेलनम भाइ पञ्चदेव साहले दाइ सूर्यनारायण साह, गर्भवती भाउजू बेचनीदेवी र दुई वर्षीय भतिजीको घाँटी थिचेर हत्या गरी नहरमा गाडेको घटनाको सत्यतथ्य खुलेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

सूर्यनारायण साहको नागरिकता बनाउने विषयमा घरपरिवारसँग विवादको विषयलाई लिएर र पुरानो रिसइबीका कारण देवर पञ्चदेव साह र छोरा धर्मेन्द्र साह तथा स्थानीय जिवछ साहसहितकाले हत्या गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले पत्रकार सम्मेलनमा जानकारी दिएका दिए ।

गर्भवती बेचनीदेवीसहित हत्या गरिएका दुई वर्षीय छोरी प्रतिभा साह र पति सूर्यनारायण साहलाई रक्सी खुवाएर दुवै जनालाई घाँटी थिचेर हत्या गरी बोरामा बाँधेर नहरमा गाडिएको शव दुई दिनदेखि पत्तालगाउने कार्य जारी रहेको सप्तरी प्रहरी प्रमुख सिंहले बताए।

हत्यामा संलग्न रहेकाे अाश‍ङ्कामा साउन ७ गते प्रतिवादी पञ्चदेव साहसहित धर्मेन्द्र र थापा भनिने जिवछ साहलार्बाइ प्रहरीले पक्राउ गरेकाे थियाे । अनुसन्धानका क्रममा उनीहरकै मिलेमताेमा हत्या भएको खुल्न आएकाे हाे । प्रतिवादीहरूलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतवाट म्याद थप गरी अनुसन्धान थालिएकाे सप्तरी प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: