कञ्चनपुरको कर्फ्यू पूर्णरुपमा हट्यो

मा प्रकाशित


कञ्चनपुर । एक सातादेखि कञ्चनपुरको भीमदत्तनगरपालिकामा लगाइँदै आएको कर्फ्यू आजदेखि पूर्णरुपमा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले भीमदत्तनगरपालिकाको जनजीवन सामान्य बन्दै गएपछि कर्फ्यू हटाउने निर्णय गरेको कुरा एभरेष्ट दैनिकले समाचारमा जनाएको छ ।

गत शुक्रबारदेखि दिउँसो र राति गरी कर्फ्यू लाग्दै आएको थियो । जनजीवन सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले कर्फ्यूलाई खुकुलो पार्दै आएको थियो ।

तेह्र वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै भएको प्रदर्शनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: