२० सिडियोसहित ३२ उच्चअधिकृतको सरुवा

मा प्रकाशित


काठमाडौं । गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारी (सिडियो) सहित ३२ उच्च अधिकृतहरुको एकैपटक सरुवा गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा केदार न्यौपानेलाई सरुवा गरिएको छ । मोरङमा रामप्रसाद आचार्य, कास्कीमा तारानाथ अधिकारी, मकवानपुरमा चक्रबहादुर बुढा, बाँकेमा रमेश केसी, सिन्धुपाल्चोकमा आस्मान तामाङ, कपिलवस्तुमा मदन भुजेललाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।

त्यस्तै मोहनबहादुर जिसीलाई ताप्लेजुङ, वेदनिधी खनाललाई तेह्रथुम, कृष्णबहादुर घिमिरेलाई प्यूठान, जनकराज पन्तलाई ओखलढुंगा, विश्वराज न्यौपानेलाई दैलेखमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!