सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा रक्तदान कार्यक्रम

मा प्रकाशित


कैलाली ।

सुदूरपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी परिवार महिला संघले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सुदूरपश्चिमाञ्चल सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनी अत्तरियाका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरिक्षक (डिआईजी) नगेन्द्र थापाको प्रमुख आतित्यमा भएको रक्तदान कार्यक्रममा डिआईजी थापा सहित ७७ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले जानकारी दिए ।

उनले रक्तदान कार्यक्रममा चारजना महिलाले समेत रक्तदान गरेको बताए ।

रगतको अभावका कारण कसैले मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले रक्तदान गरेको बताउदै डिआईजी थापाले मानवताको सेवामा सशस्त्र प्रहरी बल सदैव तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: