शंकरपुर स्वास्थ्य चौकी किशोर किशोरी मैत्री

मा प्रकाशित


बैतडी ।

बैतडीको सुर्नया गाउँपालीकाको एक स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरीएको छ । आज एक कार्यक्रमका बिच गाउँपालीकाको शंकरपुर स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री प्रमाणीकरण गरीएको हो ।

किशोर किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धी तथा प्रमाणीकरण सामाग्री २०७२ अनुसार ९ वटा मापदण्ड र ४५ वटा राष्ट्रिय आधारहरु मध्ये ४२ आधारहरु पुरा गरेकोले उक्त स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरीएको हो ।

किशोर किशोरी मैत्री प्रमाणीकरण हुनको लागी पुग्नुपर्ने मापदण्डको ९४.९ प्रतिशत अंक यो स्वास्थ्य संस्थाले प्राप्त गरेको छ । परिवार स्वास्थ्य महासाखाका कार्यक्रम अधिकृत विद्या डिसीले स्वास्थ्य संस्था व्यवस्थापन तथा संञ्चालन समितीका अध्यक्ष जय बहादुर कुवँर र स्वास्थ्य चौकी ईन्चाज प्रकाश थापालाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण भएको प्रमाण पत्र हस्तानान्तरण गर्नुभयो ।

स्वास्थ्य संस्थालाई किशोर किशोरी मैत्री घोषणा गर्न संयुक्त राष्ट्र संघीय जनसङख्या कोष लगाएतको सहयोग रहेको थियो । उक्त स्वास्थ संस्थामा किशोर किशोरीको लागी अलग्गै उपचार कक्षको व्यवस्था गरीएको छ ।

कार्यक्रममा गाउँपालीकाका अध्यक्ष विर बहादुर विष्ट, स्वास्थ संयोजक तर्कराज भट्ट, यौन तथा प्रजनन स्वास्थ धनगढीका अधिकृत निलकण्ठ गौतम, संयुक्त राष्ट्र संघीय जनसङख्या कोषका जिल्ला अधिकृत गणेश शाही, जिल्ला स्वास्थ कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशी, सुर्नया ८ का वडा अध्यक्ष आनन्द सिंह बोहरा, अन्य जनप्रतिनीधी, किशोर किशोरी, महीला स्वास्थ स्वयमसेविका लगाएतको सहभागीता रहेको थियो ।

यसैबिच भोली जिल्लाको प्राथमिक स्वास्थ केन्द्र केशरपुर मेलौलीलाई पनि किशोर किशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!