मेक्सिकोमा लोपेज ओब्राडोर दोब्बर बढी मत ल्याएर बने राष्ट्रपति

मा प्रकाशित


मेक्सिको । नेसनल मुभमेन्ट पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेका एन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले दक्षिण अमेरिकाको दोस्रो ठुलो अर्थतन्त्र भएको देश मेक्सिकोमा राष्ट्रपति पदको चुनाव जितेका छन् ।

त्यहाँको सत्तारूढ दल का आधिकारिक उम्मेदवार जोस एन्टोनियो मेडेले पराजय स्वीकार गरेका छन् । उनको दल ‘इंस्टीट्यूशनल रिभोल्युसनरी पार्टी (पीआरआई) गत शताब्दीदेखि देशको सत्तामा रहेको छ ।

समाचार एजेन्सी एफेका अनुसार निर्वाचन आयोगले निर्वाचन भइसकेपछि सार्वजनिक गरेको तथ्यांकमा लोपेजले ५३ प्रतिशतभन्दा पनि बढी भोट ल्याउने विश्वास गरिएको थियो । उनले कुल ५३.५ प्रतिशत मत प्राप्त गरेका छन् । उनका निकतम प्रतिद्वन्दी रिकार्डो अनायाले २३ प्रतिशत मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: