बैतडीमा चालु आर्थिक बर्षमा ट्राफिक प्रहरीले १२ लाख राजश्व संकलन ग¥यो

मा प्रकाशित


त्रिप्ती शाही,
बैतडी ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले गत आर्थिक वर्ष ०७३/७४ भन्दा चालु आर्थिक वर्षमा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७३/७४ मा ११ लाख १५ हजार राजश्व संकलन गरेको कार्यालयले यो आर्थिक वर्ष सकिन अगावै १२ लाख १२ हजार ५ सय राजश्व संकलन गरिसकेको छ ।

गत आर्थिक वर्ष ०७३/७४ मा १ हजार ८ सय ८४ वटा सवारी साधन कारवाहीबाट उक्त राजश्व संकलन गरिएको ट्राफिक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको अहिलेसम्म २ हजार १ सय ३४ सवारी साधन कारवाहीमा परिसकेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले बताउनुभयो ।

रावलका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी कारवाहीमा पर्ने सवारी साधनमा जिप रहेका छन् । १ हजार १ सय ३० वटा जिप ट्राफिक कारवाहीमा परेको उहाँले बताउनुभयो । कारवाहीमा परेका जिपबाट ६ लाख २५ हजार राजश्व संकलन भएको हो ।

यस्तै ३ सय ८६ ट्रक, १८२ मोटरसाईकल, १३२ ट्याक्टर र ५४ वटा बस गत आर्थिक वर्षमा कारवाहीमा परेका थिए । कारवाहीमा परेका ट्रकबाट २ लाख ६६ हजार, मोटरसाईकलबाट १ लाख २८ हजार ट्याक्टरबाट ८० हजार र बसबाट ३५ हजार ५ सय राजश्व संकलन भएको छ ।

दिनप्रतिदिन सवारीसाधन बढीरहेकोले कारवाहीमा पर्ने सवारी साधनको संख्या पनि बढ्दै गएकाले राजश्व संकलनमा पनि वृद्धि भएको प्रहरी सहायक निरीक्षक रावलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: