बाल कविता : मेरी आमा

मा प्रकाशित


तनुशा महरा 

कक्षा ७,
संस्कृति इन्टरनेसनल स्कुल
हलचोक, काठमाडौँ 

मेरी आमा
तिमी धर्तीजस्तै महान् छ्यौ
सागरजस्तै विशाल छ्यौ
रातीको आकाशजस्तै जगमगाउँदी छ्यौ।

आमा तिम्रो माया त असाध्यै गाढा रहेछ
ममता, स्नेह र भावनाले भरिपूर्ण रहेछौ तिमी
आफ्नो दु:ख र पीडालाई भुलाई
मलाई मुस्कुराउन सिकायौ तिमीले।

तिमीले ममाथि साहस भर्दै भनेकी थियौ
जीवनमा थुप्रै उकाली ओराली आउने छन्
हर क्षण, हरपल, हर मोडमा आमाको याद आउने छ।

आमा तिमी त एउटा कुवा हौ
जो महानताले आफूभन्दा माथि उठेर
जिन्दगीभर सन्तानको प्यास मेटाइरहन्छ्यौ
आमा तिमी त एउटा सिङ्गो नदी हौ
जसमा म आफ्नो डुङ्गा तैराउँछु ।

आमा तिमी त एउटा बाटो हौ
जसमा म कठिनाइसँग जुधेर
आफ्नो गन्तव्यसम्म पुग्छु
आमा तिमी त एउटा खुला आकाश हौ
जहाँ म आफ्नो चङ्गा उडाउँछु
त्यसैले त आमा तिमी कति महान् छौ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: