बाढीले पुल बगाउदा आवतजावतमा समस्या

मा प्रकाशित


बैतडी ।

दार्चुलाको नौगाड गाउँपालीका ६ मा रहेको पुल बाढीले बगाएको छ । धुलीगडाको खेडामा रहेको काठे पुल मंगलबार राती आएको बाढीले बगाएको हो ।

पुल बगेपछी पुलबाट ओहोरदोहोर गर्ने स्थानीयहरुलाई समस्या भएको छ । जनहीत माध्यमिक विद्यालय नजीकै रहेको उक्त पुल बगेको हो ।

पुल बाढीले बगाउदा उक्त विद्यालयको पढाई पनि आजबाट रोकिएको शिक्षक प्रेम सिंह ठगुन्नलाले बताउनुभयो । हिजोबाट विद्यालयमा सुरु भएको त्रैमासिक परीक्षा पनि स्थगित गर्नु परेको उहाँले बताउनुभयो ।

पुल बग्दा स्थानीय संगै जनहीत विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीहरुको पढाई पनि प्रभावीत भएको बहादुर सिंह ठगुन्नाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: