बजारमा सुनचाँदीको मूल्य घट्यो

मा प्रकाशित


काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

आइतबार सुन प्रतितोला मूल्य ५७ हजार ५ सय रुयैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ५७ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आइतबार तेजावी सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार प्रतितोला चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

आइतबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७६० रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!