पुर्चौडीमा हावाहुरीले मकै ढलाउदा किसानहरु चिन्तित

मा प्रकाशित


बैतडी ।

वर्षा संगै आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालीका ६ मा मकै ढलाउदा किसानहरु चिन्तित भएका छन् । सोही ठाउँको तिरकालीमा हावाहुरीले मकै ढलाएको स्थानीय किसान दिपेन्द्र साउदले बताउनुभयो ।

साझ बिहानको हातमुख जोर्नको लागी लगाएको मकै बाली हावाहुरीले कामै नलाग्ने गरी ढलाइदिदा भोकमरीको चपेटामा पर्ने चिन्ता किसानहरुलाई भएको छ । अन्य आयआर्जनका स्रोत नभएका किसानहरु निकै मर्कामा परेका छन् ।

यो वर्ष पानी समयमा नपर्दा धेरै ढिला गरी मकै लगाएका यहाँका किसानहरु मकै राम्रो नफल्ने चिन्तामा रहेको बेला वर्षा संगै आएको हावाहुरीले मकै ढलाईदिला झनै समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!