पाटन नगरपालिका वडा नं ९ को दोस्रो वडा परिषद सम्पन्न

मा प्रकाशित


बैतडी ।

कृर्षीमा आत्मनिर्भर वडा बनाउने लक्ष्य सहित पाटन नगरपालिका वडा नं ९ को दोस्रो वडा परिषद शनिबार सम्पन्न भएकोे छ । पाटन नगरपालिकाले अबलम्बन गरेको नीती तथा कार्यक्रमलाइ आधार मानि वडा कार्यालयले दोस्रो वडा परिषद सम्पन्न गरेको हो ।

समग्र वडालाइ कृर्षीमा आत्म निर्भर बनाउने उदेश्य सहित कृर्षीमा आधारीत योजनाहरु सर्बजनीक गर्दै दोस्रो वडा परिषद सम्पन्न भएको वडा नं ९ ले जनाएको छ । वडाले टोल भेलाबाट आएका योजनाहरुलाइ प्राथमीकीकरण गरी ७७ वटा योजनाहरुलाइ अगाडी सारेको छ ।

जसमध्ये ७ वटा योजना प्रदेसका लागि सिफारीस गरी प्राथमीकीकरण गरीएका छनभने बाँकी नगर स्तरीय योजना रहेका छन । वडाले खासगरी कृर्षी, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाइ, सडक, शौचालय निर्माण घेरपर्खाल निर्माण भवन, बाटोघाटो तथा वडा बासीका आवस्यकताका आधारमा आधारीत योजनाहरुलाइ अघी सारेको छ ।

जसमा किचार, खालीडा सल्लेबासा, टकरे भट्टयाडी बजौटे, बाजपुर, सल्लेबासा गैराखान, सिलङ्गापानी, कक्स्याली, दबडानी, कोटगडा यसका साथै हुक्केडाडा धारापानी कर्तेकोट लगायतका टोलहरुका योजनाहरु समाबेस गरीएका छन ।

जसमा तरकारी संकलन केन्द्र टकरे बिजयपुर, बजौटे भट्टयाडी बृहत खानेपानी योजना, ठुलाखखोला गैराखान खानेपानी योजना लगाएतका अन्य थुप्रै योजनाहरु रहेका छन् ।

कार्यक्रमका अध्यक्ष समेत रहेका वडा नम्बर ९ का वडा अध्यक्ष एमं नगरपालीकाका प्रबक्ता लोक बहादुर भण्डारीले नागरीकका प्राथमिकताका योजनालाई दृढताका साथ लागु गर्ने प्रतिबदता ब्यक्त गर्नुभयो ।

बिगतमा सरकारको कुनै युनिट नरहेको वडा नम्बर ९ ले वडामा गरेका विकास निमार्ण लाई दृढताकाा साथ अगाडी बढाएकोमा आफु हर्षित भएको कार्यक्रमका प्रमुख अतिथि तथा पाटन नगरपालीकाकका नगर प्रमुख केशव बहादुर चन्दले बताउनुभयो ।

वडाका महिलाहरुको उन्नती र विकासका लागि योजनाबद्ध रुपले अगाडी बढ्ने नगर उप प्रमुख तथा बिशिष्ट अतिथि सरस्वति कोलीले बताउनुभयो । कार्यक्रममा राजनितिक दलका प्रतिनिधि बिभिन्न बिधालयका प्रतिनिधि, शिक्षक वडाबासी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!