पाटनमा एआरटी सेन्टर संचालनमा

मा प्रकाशित


बैतडी ।

बैतडीको पाटन प्राथमिक स्वास्थ केन्द्रमा एचआईभि संक्रमितहरुका लागी औषधी बितरण केन्द्र वा एआरटि सेन्टर संचालनमा आएको छ । एचआईभि सक्रमितहरुको उपचार अन्तर्गत उनिहरुलाई नि:शुल्क रुपमा एआरटि औषधी बितरण गर्न एआरटि सेन्टर संचालनमा ल्याईएको हो ।

पाटन नगरपालिकाका नगर प्रमुख केशब बहादुर चन्द र बैतडीबाट बढुवा र सरुवा भई क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखरा जानुभएका डा. गुणराज अवस्थीले संयुक्त रुपमा बिहिबार ब्यानर बाचन गरेर सेन्टरको उद्घाटन गर्नु भएको थियो ।

यस अघि बैतडीमा जिल्ला अस्पताल र मेलौली प्राथमिक स्वास्थ्य केन्द्रबाट औषधि वितरण गरिदै आएको थियो । पाटनमा एआरटि सेन्टर नहुदा यसअघि यस क्षेत्रका एचआईभि संक्रमितहरुले औषधि सेवन गर्न जिल्ला अस्पताल बैतडी र डडेल्धुरा जानुपर्ने बाध्यता रहीआएको थियो ।

बैतडीमा २०९ एचआईभि संक्रमितहरु जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीले जानकारी दिनुभयो ।

एचआईभि सक्रमितहरुको उपचार अन्तर्गत उनीहरुलाई नि:शुल्क रुपमा एआरटि औषधी बितरण गर्ने सरकारको लक्ष्य छ ।

बैतडीमा अझैपनि एचआइभि सक्रमितहरुलाइ हेर्ने दृटिकोण नराम्रो रहेकाले उनिहरु लुकेर बस्न बाध्य हुनेगरेका छन् । एचआइभि सक्रमित नराम्रो क्रियाकलापले मात्रै लाग्ने ग्रामिणस्तरका नागरीकका सोचले उनिहरुलाइ हेर्ने दृष्टिकोण नराम्रो हुदा नियमित औषधि सेवन नगर्ने र लुकेर बस्ने गरेको एचआइभि एड्सको क्षेत्रमा काम गर्नेहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!