पन्चेश्वर गाउपालिकाको वडा नं २ पूर्ण संस्थागत सुत्केरी घोषणा

मा प्रकाशित


बैतडी ।

जिल्लाको पन्चेश्वर गाउपालिका वडा नम्बर २ पूर्णसंस्थागत सुत्केरी वडा घोषणा गरिएको छ। सबै मापदण्ड पूरा भएपछि वडा नं २ लाई पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा गरिएको हो।

वडाभरि रहेका गर्भवती महिलाले गत एक वर्ष यता स्वास्थ्य संस्थामै बच्चा जन्माएपछि पूर्णसंस्थागत सुत्केरी वडा घोषणा गरिएको पन्चेश्वर गाउपालिकाका वडा न २ का अध्यक्ष दशरथ मङगोलाले बताउनुभयो ।

वडामा स्थलगत अध्ययन गरि सोही अध्ययन प्रतिवेदनअनुसार ‘जिरो होम डेलिभरी’ वडा भएको पाइएपछि आज एक औपचारिक कार्यक्रमका बिच घोषणा गरी वडालाई प्रमाणपत्र हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

गर्भवती महिलाले नेपाल सरकारको प्रोटोकल अनुसार चार पटक गर्भजाँच गरेको, गर्भवती महिलाले टिडी खोप, आइरन चक्की सेवन गरेको, स्वास्थ्यसंस्थामा नै बच्चा जन्माएको लगायतका ८ वटा सूचक पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!