गीत : तिम्रो याद जब आँउछ…

मा प्रकाशित


विश्व सिग्देल

तिम्रो याद जब आँउछ, गुनगुनाउदै जून हिँड्छ
ओठको गीत छोई हावा, सुनाउँदै धुन हिँड्छ

बाटो छेउको पत्थरझैँ, भाग्य छ कि थाहा छैन
काटी मूर्ति बनावटी, बनाउने चाह छैन
जता जान्छु सँगसँगै गुन हिँड्छ बैगुन हिँड्छ
तिम्रो याद ……………………………………..

सपना हौ तिमी भने, निँद पनि भूल्न सकूँ
विपना हौ तिमी भने आकाशझैँ खुल्न सकूँ
तिमीले छोए फलामको आत्माभित्र सुन हिँड्छ
तिम्रोे याद …………………………………. ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!