केपी ओलीको कविताः मरे पनि केही छैन, सपना देख्न पाऊँ !

मा प्रकाशित


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिमा गएर कविता लेखेका छन् ।

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको तीन दिने हिमवत कला साहित्य सम्मिलनको अन्तिम दिन प्रधानमन्त्री ओली पनि चन्द्रागिरि पुगेका हुन् ।

आइतबार बिहान चन्द्रागिरि पुगेका प्रधानमन्त्री ओलीले त्यहीँ कविता लेखेका हुन् ।

शीर्षकबिनाको प्रधानमन्त्रीको कवितामा मरेपछि पनि सपना देख्न पाइयोस् भन्ने कामना गरिएको छ ।

यस्तो छ प्रधानमन्त्रीको कविता:

परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र !

बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदै छ।

मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ

सगरमाथा, लुम्बिनी, मेची, महाकाली

हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली ।

सपनामा भए पनि देख्न पाउँ

चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ

तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ

म मरेपनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!