‘ऋतु फेरिँदै जान्छ’ कथा कृतिमाथि विमर्श

मा प्रकाशित


काठमाडौँ । कथाकार इन्द्रकुुमार श्रेष्ठ सरितको कथा कृति “ऋतु फेरिँदै जान्छ” माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षता, महासचिव आरएम डंगोलको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रममा कोषाध्यक्ष कृष्णहरि भट्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा समालोचक प्रा.डा. गोपिन्द्र पौडेलले इन्द्रकुमारका कथा सङ्क्रमणकालीन नेपाली समाजको जीवन्त इतिहास भएको विचार व्यक्त गर्नुभयो । संग्रहमा संग्रहित २५ थान कथाहरुमाथि विहंगम समालोचकीय मन्तब्य राख्दै कथाकार सरितको यो संग्रहले दश बर्षे सशस्त्र संघर्ष र १९ दिने जनआन्दोलनको मर्म र भावनालाई टपक्क टिपेर पाठकहरु समक्ष प्रस्तुत गरेको कुरा बताए. मन्तव्यको क्रममा उनले अबको चालिस पचास बर्षपछी उनको यस कृतिमा तत्कालीन समाजले नेपाली समाजको एउटा इतिहास आख्यान मार्फत खोज्ने कुरा बताए. प्रगतिवादी कथाका दृष्टिले सरितका कथाहरु अब्बल रहेको बताए ।

अर्का समालोचक प्रगतिशील लेखक संघका उपाध्यक्ष डा. पुष्करराज भट्टले श्रेष्ठका कथामा साठीको दशक यताको नेपालको राजनीतिक सामाजिक घटना परिघटनाको साङ्गोपाङ्गो चित्र खिचिएको विचार राख्नुभयो ।

कथाकार इन्द्रकुमार श्रेष्ठ सरितले आफ्नो मन्तव्यको क्रममा नेपाली साहित्यमा आफूले महाकाव्य र खण्डकाव्य बाहेक अन्य सबै विधाहरुमा लेखिसकेका कुरा बताए । मन्तव्यको क्रममा सरितले साहित्यको थुप्रै विधामा कलम चलाए तापनि आफू किन आख्यानमा पनि विशेषत: कथा लेखन तर्फ नै आकृष्ट भए भन्ने कुरामाथि प्रष्ट पारेका थिए. तर जति नै राम्रो लेखे तापनि हल्ला गर्न नसक्ने वा नचाहनेहरुको यहाँ चर्चा नहुने कुराप्रति आफ्नो गुनासो पनि राखे ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!