आगामी तीन दिन देशैभर वर्षा हुने

मा प्रकाशित


काठमाडौं । आगामी तीन दिनसम्म देशैभर बदली तथा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शनिबार तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो।

शनिबार दिउँसो देशका पूर्वी र पश्चिम क्षेत्रका भू–भागमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र मध्य क्षेत्रका भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ। साँझ देशभरि नै सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ।

यस्तै, भोलि आइतबार दिउँसो देशभरि नै सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ। साँझ पनि देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने देशको थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

सोमबार दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने पूर्वी तथा मध्य क्षेत्रको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। सोही दिन साँझ पनि देशभरि नै बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुने तथा देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ।रासस

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: