अवरुद्ध महाकाली राजमार्ग सुचारु

मा प्रकाशित


बैतडी ।

शनिबारदेखि अवरुद्ध महाकाली राजमार्ग सुचारु भएको छ ।

दार्चुलातर्फ जादै गरेको ना ७ ख ३२६ नं को माल बाहक ट्रकको अगाडीको चक्का भाचिंए पछी सतबाँझ–दार्चुला सडकखण्ड अवरुद्ध भएको थियो ।

ट्रक मर्मत गरेपछी आईतबार अपरान्ह ४ बजेपछी राजमार्ग सुचारु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा रोकिएका यात्रुहरु आ-आफ्नो गन्तब्य स्थानतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: