अझै तीन दिन वर्षा हुने, सचेत रहन आग्रह

मा प्रकाशित


काठमाडौं । केही समययता लगातार वर्षा भएपछि राजधानीलगायत धेरै स्थानको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण भक्तपुरमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने जनजीवन प्रभावित भएको छ ।

तर जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भागमा अझै केही दिन वर्षा जारी रहने जनाएको छ । बुधबार दिउँसो पनि देशभरि नै बदली भई मध्य र पश्चिमका अधिकांश स्थानहरुमा वर्षा हुन सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षा हुने बताइएको छ ।

शुक्रबार र शनिबार पनि देशभरिनै बदली भई देशका धेरै स्थानमा मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान शाखाको अनुमान छ । नदीमा पानीको बहाव बढ्ने र वर्षासँगै बाढी, पहिरो र डुबान हुन सक्ने भएकाले महाशाखाले सचेत रहन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!