स्वास्थ्य शिविरबाट ११ सयले सेवा लिए; दुईसय महिलामा पाठेघरको समस्या

मा प्रकाशित


बैतडी ।

शुक्रवार र शनिवार दोगडाकेदार गाउँपालिकामा संचालित दुई दिने निःशुल्क स्वास्थ्य तथा नागरिकता शिविरबाट ११ सय ७४ जनाले सेवा लिएका छन् । स्वास्थ्य शिबिरमा नौसय ९४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् भने एकसय ८० जनाले नागरिकता लिएका छन् । शिबिरमा स्वास्थ्य परीक्षण गराएका मध्ये एकसय ९९ जना महिलाले पाठेघरको समस्या चेकजाँच गराएका छन् ।

सामाजिक विकास तथा सचेतना समाज ( स्वदेश) बैतडीले आयोजना गरेको शिविरको शुक्रवार ७ नं. प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले उद्घाटन गर्नुभएको थियो । स्वास्थ्य शिबिरसंगै जिल्ला प्रशासन कार्यालयले नागरिकता बितरण गरेको थियो । यो खबर गोकर्ण दयालले आजको गोरखापत्रमा लेखेका छन् ।

दुईदिनसम्म चलेको स्वास्थ्य शिविरमा नाक कान घाँटी, पाठेघर, दन्तसेवा, सामान्य चेकजाँच र परिवार नियोजन सेवा संचालन गरिएको थियो । शिबिरमा नेपालगंज मेकिल कलेजका विशेष डाक्टरहरु दोगडाकेदार गाउँपालिका पुग्नु भएको थियो ।

स्वास्थ्य शिबिरमा चेकजाँच गर्न आएका मध्ये महिलाहरुमा पाठेघरको समस्या डरलाग्दो देखिएको शिबिर संचालनका संयोजक अब्दुल हुनेसने बताउनुभयो । पाठेघरको चेकजाँच गर्न आएका एकसय ९९ जना मध्ये १७ जनाको अवस्था गम्भीर रहेकोले शल्यक्रिया गर्न नेपालगञ्ज रेफर गरिएको छ । शल्यक्रिया गर्न रेफर गरिएका पाठेघरको समस्या भएका महिलाहरुको सम्पूर्ण खर्च नेपालगञ्ज मेडिकल कलेजले ब्यहोर्ने संयोजक हुसेनले जानकारी दिनुभयो ।

स्वास्थ्य शिबिरमा चेकजाँच गर्न आएका ग्रामीण महिलाहरुमा पाठेघरको समस्या बिकराल देखिएको सामाजिक विकास तथा सचेतना समाज (स्वदेस) बैतडीका राधिका भट्टले बताउनुभयो । पूरुषहरु रोजगारीका लागि भात जाने भएकाले महिलाहरुमा घरायसी कामको बोज र पोषणयुक्त खानेकुराको अवभावले महिलाहरुमा पाठेघरको समस्या बढी देखिएको उहाँले बताउनुभयो ।

शिविर संचालन गर्न बैतडी क्षेत्र नं. २ का प्रदेश सभासद् लीलाधर भट्टले विशेष पहल गरेपछि आफुहरु बैतडीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न आईपुगेको नेपालगञ्ज मेडिकल कलेजका शिबिर संयोजक अब्दुल हुसेनले बताउनुभयो ।

दोगाडाकेदार गाउँपालिका पछि मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा नौ दिनसम्म स्वास्थ्य शिबिर संचालन हुने नेपालगञ्ज मेडिकल कलेजका संयोजक हुसेनले जानकारी दिनुभयो ।

दोगडाकेदार गाउँपालिकामा संचालन भईएको स्वास्थ्य शिबिरमा साचेभन्दा बढी सेवाग्राहीले सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका भुवन जोशीले बताउनुभयो । स्वास्थ्य शिविर व्यवस्थापन गर्न गाउँपालिकाले व्यवस्थापन गरेको अध्यक्ष चक्र कार्किले बताउनुभयो ।

स्वास्थ्य शिबिर संचालन हुने गाउँपालिकामा जिल्ला प्रशासनले पनि नागरिकता शिबिर संचालन गरेर नागरिकता प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी दिपक आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: