स्वास्थ्यमा सुधार आएपछि राष्ट्रकवि स्वदेश फर्किए

मा प्रकाशित


काठमाडौं । भारतको मेदान्त अस्पतालमा उपचार गराई राष्ट्रकवि माधवप्रसाद घिमिरे आज नेपाल फर्किएका छन्।

आन्तरिक रक्तश्राव नरोकिएपछि उनलाई थप उपचारका लागि जेठ ९ गेत मेदान्त अस्पताल लगिएको थियो। नयाँदिल्ली जानुअघि उनलाई बैसाख २८ गते धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो। अहिले उनको रक्तश्राव रोकिएको छ भने शरीरमा निकै सुधार देखिएको छ।

करिब ४ महिनादेखि अस्वस्थ देखिएका ९९ वर्षीय घिमिरेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!