सात वटै प्रदेशमा सिटिइभिटीको कार्यालय स्थापना हुने

मा प्रकाशित


काठमाडौं ।
सात वटै प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को प्रदेश कार्यालय स्थापना हुने भएको छ।

संघीयता अनुरुप सिटिइभिटीलाई प्रदेश स्तरमा लैजानका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैंठकले ७ वटै प्रदेशमा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो।

आइतबार बसेको बैंठकले प्रदेश कार्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन, नीतिगत र कानुनी व्यवस्थाबारे छलफल गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: