सरकारको योजना : सबै स्थानीय तह र सामुदायिक विद्यालयमा इन्टरनेट

मा प्रकाशित


काठमाडौं ।
आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तह र सामुदायिक विद्यालयहरुमा सरकारले इन्टरनेट सेवा सञ्चालनमा ल्याउने योजना तय गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तह र सामुदायिक विद्यालयहरुमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन्।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले प्रविधिमा नयाँ पुस्ताको पहुँच बढाउन पनि सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा सञ्चालन गर्ने आवश्यकता रहेको बताए।

इन्टरनेट सेवा नहुँदा देशका १ सय ५० भन्दा बढी गाउँपालिकामा बैंकहरु सञ्चालनमा आउन सकेका छैनन्। नेपालमा २९ हजार सामुदायिक विद्यालय रहेकोमा हाल ८ हजार विद्यालयमा मात्रै इन्टरनेट सेवा उपलब्ध रहेको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: