विश्वकपका लागि जर्मनीको अन्तिम टोली घोषणा

मा प्रकाशित


जर्मनीले यही जुन १४ बाट रसियामा हुने विश्वकप फुटबलका लागि सोमबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।

यसअघि घोषणा गरिएको प्रारम्भिक २७ सदस्यीय टोलीबाट साने, लेनोसँगै जोनाथन ताह र निल पिटरसन भने अटाएनन्। टोलीमा पुनरागमन गरेका गोलकिपर मानुएल नोएले स्थान बनाउँदा विंगर लरेय साने र गोलकिपर बर्न्ड लेनोले ठाउँ पाएनन्।

२३ सदस्यीय जर्मनीको टोली यस्तो छ :

गोलकिपर : मानुएल नोए, मार्क आन्द्रे टेर स्टेघन, केभिन ट्राप

डिफेन्डर : जेरोम बोएटाङ, माथियस जिन्टर, जोनास हेक्टर, माट्स हुमेल्स, जोसुआ किमिक, मार्भिन प्लाटेनहार्ड्ट, एन्टोनियओ रुडिगर, निकलस सुले

मिडफिल्डर : जुलियन ब्रान्ड्ट, युलियन ड्राक्सलर, इकाए गुन्डागोन, सामी खेडिरा, टोनी क्रुस, मेसुट ओजिल, लियोन गोरेट्जका, सेबास्टियन रुडी

फरवार्ड : मार्को रिउस, मारियो गोमेज, टिमो वेर्नर, थोमस मुलर ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!