विश्वकपकाे पहिलाे ‘हाइ-प्रोफाइल’ खेल : राेनाल्डाेकाे ह्याट्रिक, स्पेन र पाेर्चुगल बराबरीमा !

मा प्रकाशित


एजेन्सी :

फिफा विश्वकप फुटबल अन्तरगत रूसमा जारी २१ औँ संस्करणको पहिलो ‘हाइ-प्राेफाइल’ खेलमा स्पेन र पोर्चुगलले बराबरी गाेल गरेका छन् । दर्शककाे तीव्र चासाेका बीच दुवै टिमले राेमाञ्चक ३-३ गाेल गरेर बराबरीमा राेकिएका हुन् ।

शुक्रबार राति रुसको सोचीमा भएको खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले जारी विश्वकपमा पहिलाे ह्याट्रिक गरे । यो ह्याट्रिक रोनाल्डोको व्यक्तिगत ५२ अौँ ह्याट्रिक हो ।

खेलकाे चौथो मिनेटबाट गोल गर्न सुरु गरेका रोनाल्डोले खेलको निर्धारित समयभन्दा दुई मिनेटअघि ह्याट्रिक पूरा गरेका हुन् । चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गरेका रोनाल्डोले ४४ औँ मिनेटमा डीबक्स बाहिरबाट सुन्दर गोल गरे। पुन: खेलको ८८ अौँ मिनेटमा फ्रिकिकमार्फत गोल गरेसँगै पोर्चुगल र स्पेन ३-३ गोलको बराबरीमा राेकिएका हुन् ।

रोनाल्डोले ह्याट्रिक गर्दा पोर्चुगलका अन्य खेलाडीले बललाई जाली चुमाउन सकेनन्। जसका बाबजुद पोर्चुगल स्पेनसँग बराबरीमा रोकियो। स्पेनलाई बराबरीमा पुर्‍याउन डिएगो कोस्टाले दुई र नाचोले एक गोल गरे। कोस्टाले २४औँ र ५५औँ मिनेटमा गोल गरे भने नाचोले ५८औँ मिनेटमा गोल गरेका थिए।

हाइ प्राेफाइल यी दुई टिमले बराबरी खेलेपछि ग्रुप ‘बी’को शीर्ष स्थानमा तीन अंकका साथ इरान रहेको छ भने स्पेन दोस्रो र पोर्चुगल तेस्रो स्थानमा रहेका छन्। मोरक्को भने ग्रुपको पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: