यादहरू : समयका आहारा

मा प्रकाशित


गजल 

  • दीपसागर प्यासी

आकाशभरि देखिने ती तिम्रो यादका सितारा हुन्
यस्तो लाग्छ आँखा हैन फेवा अनि यी रारा हुन्

सम्पत्तिलाई आमाबुबा ठान्ने यस्तो जमानामा
भो नभन्नु छोराछोरी बुढेसकालका सहारा हुन्

रफ्तारमा बगेको छ जीवन नदी यहाँ हाम्रो
यो नदीलाई भिन्न गर्ने मात्र दुई किनारा हुन्

कसको केके निलेको छ समयले आज यहाँ
तिम्रा यादहरू पनि समयका आहारा हुन्

समुन्द्रमा देखिएका ती तुफानी लहर होइनन्
‘प्यासी’लाई बोलाउन गरिएका इशारा हुन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: