भारतमा वर्षाका कारण ७९ जनाको मृत्यु

मा प्रकाशित


नयाँदिल्ली । भारतका विभिन्न ठाँउमा अत्यधिक बर्षाका कारण भएका घटनामा परी विगत दुई दिनमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये १६ जनाको भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

“भारी बर्षाका कारण गत दुई दिनमा यस राज्यका विभिन्न ठाँउमा भएका घटनाहरूमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ,” राज्यका एक मन्त्री इ चन्द्रशेखरनले प्रदेश सभामा गरेको सम्बोधनमा बताउनुभयो ।

उहाँले आंशिक र पूर्ण गरी कुल १२ सय भन्दा बढी घरहरूमा क्षति पुगेको पनि जानकारी दिनुभयो ।

घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई चार लाख रुपैँया राहत रकम उपलब्ध गराउने घोषणा पनि मन्त्रीले गर्नुभयो ।

भारी बर्षाबाट प्रभावित र पीडित हुनेमा केरलासहित केही अन्य राज्य पनि पीडित भएका छन् । भारतको उत्तर प्रदेशमा बर्षाका कारण भएका घटनाहरूमा परी कुल २६ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

त्यसैगरी छिमेकी राज्य विहारमा पनि गत हप्ता २७ जनाको मृत्यु भएको बताइएको छ । भारतका पाँच प्रदेशमा गरी कुल २५० भन्दा बढीको मृत्यु गत महिनाको बर्षा र बाढी पहिरोका कारण भएको थियो । घटनामा परी अरु ४०० जना घाइते भएका थिए । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: