बैतडी कांग्रेसमा पदाधिकारी चयन बिषयमा विवाद

मा प्रकाशित


बैतडी ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीमा पदाधिकारी चयन बिषयमा विवाद भएको छ ।

जिल्ला सभापति नरेन्द्रसिंह थापाले एकलौटी रुपमा पदाधिकारीहरुलाई समेत जानकारी नदिइ उपसभापति पदमा चतुरबहादुर चन्दलाई मनोनयन गरेको आरोप लगाएको छ ।

जिल्ला सचिव बीरबहादुर बिष्टका अनुसार पार्टी सभापतिले नै शनिबारका लागि जिल्ला कार्यसमितिको बैठक डाँकेको तर अध्यक्षता गर्नका लागि पार्टी सभापतिले आनाकानी गर्नुभएको छ ।

जिल्ला सचिव बीरबहादुर बिष्ट, जिल्ला कोषाध्यक्ष रमेश पाण्डेय लगायत १२ जना जिल्ला कार्यसमितिका सदस्यहरु र आमन्त्रीत सदस्यहरु सहित बसेको बैठकले सभापतिले एकलौटी रुपमा उपसभापतिलाई विधान विपरीत मनोनयन गरेको भन्दै खारेज गर्ने निर्णय गरेको छ ।

यस्तै केन्द्रिय कार्यसमितिको परिपत्र अनुुसार राय सुझाव पेश गर्नका लागि क्षेत्रीय समितिहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

यसैगरी नेपाली कांग्रेसले चारतारे चौतारी अभियान भाग ३ सञ्चालन गर्ने निर्णय समेत गरेको जिल्ला सचिव बीरबहादुर बिष्टले जानकारी दिनुभयो ।

बैतडी कांग्रेसमा पछिल्लो समयमा देखिएका गतिविधिका बारेमा केन्द्रिय समितिलाई जानकारी गराउने निर्णय समेत भएको उहाँले बताउनुभयो ।

यता सभापति थापाले आफूले विधान सम्मत उपसभापति पदमा चतुरबहादुर चन्दलाई मनोनयन गरेको दाबी गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: