बैतडीमा बन्ने भयाे पृथ्वीनारायणकाे २१ फिट अग्लाे शालिक

मा प्रकाशित


 

काठमाडौं । बैतडीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २१ फिट अग्लाे कदकाे शालिक बन्ने भएको छ। बैतडीको दशरथ चन्द नगरपालिकामा उक्त शालिक बन्न लागेकाे अाइतबार जानकारी दिइयाे ।

दशरथ चन्द नगरपालिकाले उपलब्ध गराएको करिब ७ रोपनी जग्गामा राष्ट्रियता संरक्षण अभियानले २१ फिट अग्लो साे शालिक बनाउन लागेको होे।

आइतबार राजधानीमा मिडिया नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १० वर्षे जनयुद्ध र त्यसपछिका परिवर्तन पश्चात् राजसंस्थासँग सम्बन्धित कुनै पनि विषयलाई ओझेलमा पार्न संगठित रुपमा कार्यहरु हुँदै अाएकाे बताए ।

साथै राप्रपाले पार्टीको आदर्शको रुपमा ग्रहण गरेका पृथ्वी नारायण शाहको शालिक निर्माणमा सक्दो सहयोग पुर्याउने तथा सहयोगको लागि अपिल गर्ने समेत अध्यक्ष थापाले बताए । भौगोलिक रुपमा नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाह र भावनात्मक रुपमा एकीकरण गर्ने श्री ५ महेन्द्रलाई नेपाली जनताले कहिल्यै भुल्न नसक्ने उनकाे भनाइ थियाे ।

कार्यक्रममा राप्रपाका वरिष्ठ नेता बालाराम घर्तिमगर, केन्द्रीय सदस्यहरु निना भेटवाल, श्यामबहादुर शाही लगायतले मन्तव्य व्यक्त गरेका थिए भने, कार्यक्रमबारे पार्टीका केन्द्रीय सदस्य एवं राष्ट्रियता संरक्षण अभियान बैतडीका अभियन्ता हेमबाबु लेखकले प्रकाश पारे।

मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा शालिक स्थापनाको लागि केन्द्रीय सदस्य नानु नगरकोटीले १० हजार, निना भेटवालले ५ हजार, सरस्वती के.सी. अधिकारीले ५ हजार, श्याम बहादुर शाहीले ५ हजार, काठमाडौं जिल्ला सदस्य शीतल अधिकारीले १ हजार पाँच रुपैँया शालिक निर्माणका लागि सहयोग गरेकाे समेत जानकारी दिइयाे ।

कार्यक्रमबारे पार्टीका केन्द्रीय सदस्य एवं राष्ट्रियता संरक्षण अभियान बैतडीका अभियन्ता हेमबाबु लेखकले प्रकाश पारेका थिए। विभिन्न सहयाेग अाउने क्रम निरन्तर रहेकाे समेत उनकाे भनाइ थियाे ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!