बैतडीमा वनभोज खान गएका युवकको खोलामा डुबेर मृत्यु

मा प्रकाशित


बैतडी ।

बैतडीमा वनभोज खान गएका एक युवकको खोलामा डुबेर मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका ४ गोठलपानी बस्ने २५ बर्षीय अशोकमणी भट्टको खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताउनुभयो ।

गोठलापानी बजार व्यवस्थापन समितिले आयोजना गरेको वनभोजमा सहभागी भएका भट्ट नुहाउने क्रममा नीलगाड खोलामा डुबेर बेपत्ता भएका थिए । दशरथचन्द नगरपालिका ८ स्थित नीलगाडमा खोलामा नुहाउने क्रममा बेपत्ता भएका भट्टको शव प्रहरीले खोचमा फेला पारेको हो ।

दिउँसो साढे १२ बजेतिर नुहाउने क्रममा बेपत्ता भएका भट्टको शव दिउँसो साढेदुईबजेतिर प्रहरीले फेला पारेको हो । गोठलापानी बजार हरेक शनिबार बन्द हुने भएकाले व्यापारीहरुले वनभोजको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!