बैतडीका कच्ची सडकमा जोखिमपूर्ण यात्रा

मा प्रकाशित


बैतडी ।

बैतडीका ग्रामिण क्षेत्रका कच्ची सडकको यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

कच्ची सडकहरु ठाउँ-ठाउँमा भत्किनुका साथै हिलाम्य भएपछि यात्रुहरुले गाडी धकल्दै लैजानु पर्ने बाध्यता छ । ठाउँ-ठाउँमा पहिरो गएका हिलाम्य सडकहरु दुर्घटना पर्खिरहेका भएपनि ति सडकहरुमा न यातायातका साधनहरु चल्न छाडेका छन् न सडक मर्मततर्फ कुनै पक्षको ध्यान गएको छ ।

बर्षात शुरु भएसंगै कच्ची सडकहरुमा गाडी चलाउन निकै समस्या हुने गरेको यातायात व्यवसायीहरुले बताएका छन् । बर्षातका कारण कच्ची सडकमा खाल्डाखुल्डी भएपछि यातायातका साधन सञ्चालन गर्न निकै चुनौती हुने गरेको सिगास गाउँपालिकाका जसबिर बोहराले बताउनुभयो ।

गाउँमा सडक पुगेपछि कच्ची सडकमा जोखिम मोलेरै भएपनि व्यवसायीहरुले गाडी चलाउने र यात्रुहरु पनि जोखिम मोलेर आवतजावत गर्ने गरेको उहाँले बताउनुभयो ।

जिल्लाको दुदिलाखान–गाँजरी, सतबाँझ–सुर्नया, पाटन–पञ्चेश्वर, श्रीभावर हाट लगायतका सडकहरुमा बर्षातको समयमा गाडी चलाउन निकै समस्या हुने गरेको व्यवसायीहरुले बताएका छन् । कच्ची सडकमा गाडी चलाउन निकै समस्या हुने जीप चालक किशोर मडैले बताउनुभयो ।

बर्षातको समयमा धेरैजसो सडकहरु अवरुद्ध समेत हुने गरेका छन् । बर्षात रोकिएपछी मात्रै ती कच्ची सडक सुचारु हुने गरेका छन् ।

कच्ची सडकमा सिमीत सवारी साधन चल्ने गर्दछन् । सिमीत सवारी साधन चल्ने कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने भएकाले दुर्घटनाको जोखिम समेत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: