बझांगका नागरिक अझै पनि सञ्चार सुविधाबाट वञ्चित

मा प्रकाशित


बझांगको बुंगल नगरपालिका र केदारस्यूँ गाउँपालिकाका नागरिक अझै पनि सञ्चार सुविधाबाट वञ्चित भएका छन् ।

बेँसी क्षेत्रतिर सञ्चारको निकै समस्या भएको स्थानीय गोरखबहादुर बोहराले बताउनुभयो ।

नेपाल टेलिकम तथा एनसेलको टावरले काम नगर्दा समस्या भएको बोहराले बताउनुभयो ।

आफूहरुले फोन सम्पर्क गर्नका लागि डाँडा चढ्नुपर्ने बाध्यता रही आएको बोहराले बताउनुभयो ।

सञ्चारको सुविधा नहुँदा आफूहरुलाई निकै समस्या भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!