बजेटकाे समीक्षा गर्दै नाडाले भन्याे- ‘सकारात्मक’

मा प्रकाशित


काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन(नाडा)ले बजेटकाे समीक्षा गर्दै ‘सकारात्मक’ भनेकाे छ । बजेटले नयाँ करकाे दर निर्धारण गरेकाेलार्इ राम्राे मान्दै नाडाले आर्थिक स्थायित्वसँगै मुलुकको अर्थतन्त्रलाई दीगाे रूपमा विस्तार गर्न बजेटले सहयोग पुर्याउने ठहर गरेको छ।

नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘राजनीतिक स्थायित्वपछि संघीय सरकारले प्रस्तुत गरेको बजेट आर्थिक अनुशासनभित्र रहेरै ल्याइएको छ, जुन अत्यन्तै सकारात्मक छ ।’

उनले राजनीतिक एजेण्डा समेटिएको विस्तारित बजेटलाई भन्दा मूलरुपमा अर्थतन्त्रलाई दीगो बनाएर छरितो बजेटलाई प्राथमिकता दिनु अर्थमन्त्री डा. युवराज खतिवडाको सफलता भएको बताए ।

नाडाले बजेटमा विभिन्न बस्तुमा आत्मनिर्भर हुन आधारभूत संरक्षण दिने, प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र, एक आर्थिक क्षेत्र र एक विशेष क्षेत्र स्थापनाको सम्भाब्यता अध्ययनका लागि बजेट विनियोजन गर्नु सकारात्मक रहेको उल्लेख गरेको छ। नाडाले निरन्तर रुपमा भन्दै आएका विभिन्न अवधारणगत तथा नीतिगत सुझावहरुलाई यस बजेटमा समावेश गरिनु नै यसकाे सबल पक्ष रहेकाे जनाएकाे छ।

 

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!