पदमै हुँदा आमा बन्ने दोस्री प्रधानमन्त्री ज्याकिन्डा, ६ साता लामो सुत्केरी बिदामा

मा प्रकाशित


काठमाडौंः बिहीबार आफ्नो पहिलो सन्तानलाई जन्मदिएकी न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्याकिन्डा अर्डेर्नले ६ साताका लागि सुत्केरी बिदा लिएकी छिन्।

देशकै सबैभन्दा ठूलो सार्वजनिक अस्पताल अकल्याण्ड हस्पिटलमा उनलेछोरीलाई जन्म दिएकी हुन्। उनको अनुपस्थितिमा उपप्रधानमन्त्री विन्सटन पिटर्सले कार्यवाहक प्रधानमन्त्रीको रूपमा काम गर्ने छन्।

प्रधानमन्त्री हुँदै गर्दा सन्तान जन्म दिने उनी प्रथम प्रधानमन्त्री भने होइनन्। यसभन्दा अगाडि पाकिस्तानकी प्रधानमन्त्री बेनेजिर भुट्टोले प्रधानमन्त्री हुँदै गर्दा बच्चालाई जन्म दिएकी हुन्।

प्रधानमन्त्री ज्याकिन्डाले गत जनवरीमा आफू बच्चालाई जन्म दिने घोषणा गरेकी थिइन्। उनले आफ्नो पोस्टमा आफ्ना टेलिभिजन कार्यक्रम सञ्चालक पतिलाई घरमै बस्ने बाबुको रूपमा रहने बताएकी छन्।

सन् २०१७ मा न्यूजिल्याण्डको सांसदले १८ देखि २२ हप्तासम्म तलवी सुत्केरी बिदा दिने नियम पारित गरेको थियो। तर प्रधानमन्त्री ज्याकिन्डाले ६ साता मात्र बिदा लिने छिन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: