पञ्चेश्वरमा बजेटबाट समस्या सम्बोधन गर्न महिला भेला

मा प्रकाशित


नारायणराम सार्की,
बैतडी ।

पञ्चेश्वर गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय महिला भेला आइतबार सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७५/७६ को बजेटबाट समस्या सम्बोधन गर्ने गरी गाउँपालिकामा भेला गरिरहेका छन । भेलाबाट आएका समस्या समाधानको लागि विभिन्न समुदाय लक्षित भेला गरेरहेको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो ।

भेलामा बोल्ने बक्ताले पञ्चेश्वर गाउँपालिकामा रहेका महिला, एकल महिला, दलित, बिपन्नका, समस्याको उठान गरेका छन । त्यसको साथै गाउँमा रक्सी सेवनका कारण महिलाहरुलाई पिडा आएकोले उक्त समस्या समाधान गर्न गाउँपालिकामा महिलाहरुले जोडदार माग राखेका छन ।

गाउँपालिकाको आयोजनामा दलित भेला, शिक्षक भेला, वाल भेला, पार्टी भेला र महिला भेलाबाट समस्या संकलन गरी आउँदो बजेटबाट समाधान गर्न भेला गरि रहेका पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बिना भट्ट बताउनुभयो ।

सम्पन्न भेलामा सभाध्यक्ष पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द रहनु भएका थिए भने प्रमुख अतिथि महिला एकता संञ्जाल पञ्चेश्वरका अध्यक्ष मुना चन्द रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!