नेपाल प्रहरीमा ३१ सय १ दरबन्दी थप

मा प्रकाशित


काठमाडौं ।
नेपाल प्रहरीमा दरबन्दी थप्नका लागि गृह मन्त्रालयले पठाएको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति गरेको छ। अब ३ हजार १ सय १ दरबन्दी थप हुने भएको छ।

अर्थको सहमतिपछि आगामी मन्त्रिपरिषद् बैठकबाट दरबन्दी थपको निर्णय गर्न लागिएको हो। थप गर्न लागिएको दरबन्दीमा एक एसएसपी (प्राविधिक), १४ एसपी, १२ डिएसपी तथा ५० इन्सपेक्टरका पद छन्। हरेक स्थानीय तहसम्ममा प्रहरी संयन्त्र पुर्‍याउनका लागि यो दरबन्दी थप भएको गृह मन्त्रालय स्रोत बताउँछ। विभिन्न गाउँपालिकामा नयाँ कार्यालय स्थापनाको प्रस्ताव अनुसार दरबन्दी थप भएको हो।

अहिले थपिएको दरबन्दीले केही सहजता हुने भए पनि अपुग भएको प्रहरी अधिकारीहरु बताउँछन्। प्रहरीका लागि करिब २० हजार दरबन्दी थप्नुपर्ने माग हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: