नयाँ रणनीति बनाउँदै हलिया अगुवाहरु

मा प्रकाशित


नारायणराम सार्की,
बैतडी ।

संघिय शासन अनुसारको संगठित संरचना निमार्ण र बदलिदो परिवेशमा हलिया पुर्नस्थापनाको नयाँ रणनीति निमार्णका लागि १२ वटा जिल्लाका हलिया अगुवाहरु डडेल्धुरामा भेला भएका छन् ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ डडेल्धुराले २ दिने कार्यक्रमको आयोजना गरी रणनीति बनाउन लागेको छ । यस कार्यक्रमबाट छुट हलियाको तथ्याङ्क संकलन गर्न, पुर्नस्थापनाको कामलाई सजिलो बनाउन , बाद्या श्रम निषेधित ऐन पारित गराउन हलियाको पक्षमा भई रहेका कामहरुलाई एकिकृत ढंगले लैजान र स्थानीय सरकार संगको साँझेदारीमा जीविकोपार्जन कार्यक्रम सञ्चालनका लागि रणनीति बनाइने महासंघका अध्यक्ष राजु राम भुलले बताए ।

अन्तर्राष्ट्रिय श्रम संगठनको व्यवस्थापकीय सहयोगमा सञ्चालित यस कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठनका देशीय निर्देशक रिचर्ड होवार्ड र केरी पिटर सनले शुभकामना दिदै हलिया पुर्नस्थापनको कामलाई परिणाममुखी बनाउन आजको कार्यक्रम सफल हुने र त्यसमा स्थानीय सरकारको सहयोग रहने विश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर प्रसाद ओझाले किसान नेता भीमदत्त पन्तले ६५ वर्ष अगाडी हलिया समस्याको उठान गरेको र त्यस आन्दोलनको अंश हामी पनि भएकोले हलिया पुर्नस्थापना हाम्रो पनि उत्तिकै जिम्मेवारी रहेको कुरा कार्यक्रममा बताउनुभयो ।

यहाँहरुको बनाएको योजनामा अमरगढी नगरपालिकाको सहकार्य गर्न तयार छ । स्थानीय सरकारको योजना तर्जुमाको बेलामा आयोजना गरेको यो कार्यक्रम महत्वपूर्ण भएकाले टोल वडा तहबाट नै योजना बनाई नगरपालिकामा ल्याउन सुझाव दिनु भएको थियो ।

डडेल्धुरामा सञ्चालित तालिममा मुक्त हलिया समाज महासंघका केन्द्रिय पदाधिकारी र १२ वटा जिल्लाका अध्यक्षहरुको सहभागी रहेका छन् । कार्यक्रमको सहजीकरण भूमी अधिकारकार्मी नरीराम लोहारले गरीरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!