तातोपानी नाका ११ महिनाभित्र सञ्चालन हुन्छ : प्रधानमन्त्री

मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी अर्को वर्षको सुरुसम्ममा फेरि सञ्चालनमा आउने बताएका छन्।

मंगलबार संसद्‌मा आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्रीले चिनियाँ पक्षसँग भएको सहमति अनुसार सन् २०१९ को मे महिना अर्थात् आगामी जेठ महिनासम्ममा उक्त नाका खोलिने बताएका हुन्।

चीन र नेपालबीच तत्कालीन समयमा एकमात्र अन्तर्राष्ट्रिय नाकाका रूपमा प्रयोग हुँदै आएको उक्त नाका २०७२ वैशाखको भूकम्पपछि बन्द छ।

प्रधानमन्त्रीको हालैको चीन भ्रमणमा उक्त नाका छिटो खोल्ने सहमति चिनियाँ पक्षसँग भएको संयुक्त वक्तव्यमा उल्लेख थियो।

तर त्यसमा स्पष्ट मिति भने खुलाइएको थिएन। संसद्‌मा जवाफ दिने क्रममा प्रधानमन्त्रीले नाका खुल्ने मितिसमेत खुलाएका हुन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: