तल्लो स्वराड क्षेत्रमा खानेपानीको चरम अभाव

मा प्रकाशित


बैतडी ।

जिल्लाको तत्लोस्वराड क्षेत्रको मुख्य व्यापारिक केन्द्र मेलौली बजार र आसपासका क्षेत्रका बासिन्दा खानेपानीको चरम अभाव खेपिरहेका छन् ।

तत्लोस्वराडका साथै बैतडी जिल्लाका अधिकासं क्षेत्रमा खानेपानीको चरम अभाव रहेको छ । मनसुन सुरु भईसक्दा समेत यहाँका नागरिकहरु खानेपानीको समस्या भोग्दै आएका छन् ।

‘दिनौ बिराएर आउने पानीका लागि दिनभरी लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय शकुन्तला भट्टले बताउनुभयो । उनले भने, ‘पुराना न्वाउला र अन्य पानीका मुहानहरु सुक्दै जान थालेपछि खानेपानीको समस्या खेपिरहेका छौं ।’

स्वराडका अधिकासं ठाँउहरुमा ग्वाल्लेक जंगलका मुहानबाट पानी ल्याईएको छ तर मुहान र बस्तिको दुरी धेरै लामो हुदा पानी सम्बन्धित ठाँउमा बिरलै पुग्ने गरेको स्थानीय होटल व्यवसायी हरीश भट्टले बताए । खानेपानी अभावका कारण तल्लो स्वराडको होटल ब्यवसाय समेत धरापमा पर्न थालेको समेत उहाँले बताउनुभयो । खानेपानीको समस्या समाधानका लागी सम्बन्धित निकायले कुनै पहल नगरेको उनको गुनासो छ ।

परम्परादेखि पानीको आपुर्ति गरिरहेका दर्जनौ कुवाहरु सुक्न थालेपछी मेलौली नगरपालिकामा पम्पीङ गरेर पानी निकाल्न केहिदिन अघी प्रबिधिकहरको बिज्ञ टोलिले अध्ययन समेत गरेको मेलौली नगरपालिकाले जनाएको छ ।

तत्काल पानिको समस्या सामाधानका लागि नगरपालिकाले ग्वाल्लेकबाट ल्याईएको पुरानै खानेपानी मर्मतका लागी ११ लाख बजेट समेत बिनियोजन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!